जोडिनुहोस
  • होमपेज
  • कुहिरो र हुस्सुले यातायात सेवा प्रभावित हुनसक्ने

कुहिरो र हुस्सुले यातायात सेवा प्रभावित हुनसक्ने

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर मौसम मूख्यतया सफा रहेको जनाएको छ।

तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लागेको छ। कुहिरो र हुस्सुले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा क्षणिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। विभागले राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको विभागले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका