जोडिनुहोस
  • होमपेज
  • म्यानचेस्टर युनाइटेड खराब लयबाट गुज्रँदै

म्यानचेस्टर युनाइटेड खराब लयबाट गुज्रँदै

काठमाडौं। मोसेस काइसेडोको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ।

सन् १९८६–८७ यता युनाइटेडको अहिलेसम्मकै सबैभन्दा खराब सुरुवात हो।यो नतिजापछि चेल्सी लिग तालिकाको चौथो स्थानमा उक्लेको छ। उसको १८ अंक भएको छ।

युनाइटेड भने १० खेलबाट १२ अंकमा १३ औं स्थानमा छ। ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलले अग्रता लिएको थियो। उनले पेनाल्टीबाट गोल गरेका हुन्।

तर चेल्सीका लागि ७४ औं मिनेटमा काइसेडोले बराबरी गोल फर्काए। युनाइटेडले अन्तरिम प्रशिक्षक रुद भान निस्टलरोयको नेतृत्वमा खेलेको थियो र अर्को महिनादेखि नियमित प्रशिक्षकका रूपमा रुबेन एमोरिम आउँदैछन्।

आइतबारको अर्को खेलमा टोटनहमले उत्कृष्ट पुनरागमन गर्दै एस्टन भिल्लालाई ४–१ ले हरायो। मोर्गन रोजर्सको गोलले भिल्लाले सुरुआती अग्रता लिएपछि टोटनहमले चार गोल गोल गरेको हो। त्यसमा डोमिनिक सोलन्केले दुई गोल गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका