जोडिनुहोस
  • होमपेज
  • मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते

मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते

मकवानपुर। हेटौंडा–सिन्धुली सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । बुधबार बिहान बकैयाँ गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस दुर्घटनामा २२ जनाको घाइते भएका छन्। घाइतको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस सडकबाट केही तल पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनाको अन्य विवरण आउन बाँकी रहेको छ भने बसमा ३६ जना भन्दा बढी सवार रहेको जनाइएको छ। बस चालक प्रहरी नियन्त्रणमा रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका