जोडिनुहोस
  • होमपेज
  • करेन्ट लागेर २ जनाको मृत्यु

समाचार

करेन्ट लागेर २ जनाको मृत्यु

  • Sanchar NP
  • आइतवार, बैशाख ६, २०८३
करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौं। मकवानपुर र सिराहामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मियाको करेन्ट लागेर मृत्यु भएको छ।

बुधबार दिउँसो आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा फलामको रड घरतर्फ ल्याउने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको सीएमसी चुरेहिल अस्पताल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको हो।

त्यस्तै सिराहाको धनगढीमाई नगरपालिका–५ जयपुर टोल बस्ने ३६ वर्षीय रघुनाथ साहको पनि करेन्ट लागेर मृत्यु भएको छ। बुधबार बेलुकी आफ्नै घरमा विद्युतीय मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका