
पोखरा। सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा प्रहरीले अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई पोखराबाट पर्सा लैजानै तयारी गरेको छ ।
हिजोमात्रै अदालतबाट चार दिनको म्याद पाएको कास्की प्रहरीले सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लामिछानेलाई पर्सा लैजान लागेको हो ।
आज काठमाडौं हुँदै पर्सा लैजाने तयारी गरिए पनि समय भने निश्चित नभएको प्रहरी स्रोतको भनाइ छ ।





























