जोडिनुहोस
  • होमपेज
  • मुस्ताङमा खोला नै जम्नथाले‚ मार्फाको तापक्रम माइनस ७ डिग्रीमा झर्‍यो

मुस्ताङमा खोला नै जम्नथाले‚ मार्फाको तापक्रम माइनस ७ डिग्रीमा झर्‍यो

मुस्ताङ। हिमालपारीको जिल्ला मुस्ताङको तल्लो क्षेत्रका रूपमा चर्चित मार्फाको तापक्रम घटेर माइनस ७ डिग्रीमा झरेको छ।

घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमा तापक्रम माइनसमा झरेपछि दैनिक जनजीवन प्रभावित भएको छ।

तापक्रम मापन केन्द्रसमेत रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका अनुसार पछिल्लो २४ घण्टामा मार्फाको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ। स्याउलगायत फलफूलमा सिँचाइ गरेको पानी नै जमेर हिउँ भएको छ।

उपल्लो मुस्ताङ क्षेत्रमा चिसो अत्यन्त बढेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए। चिसो बढेर पानी जम्ने र घाम लागेपछि मात्र घरबाहिर निस्कन सकिने उनले बताए।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यातायात भने सञ्चालनमा नै रहेको र सीमानाका खुला रहे पनि उपल्लो मुस्ताङ क्षेत्रका बासिन्दा मौसमबाट प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रहरीको टोली नियमित रूपमा कोरला नाकासम्म गस्तीमा जाने गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका