जोडिनुहोस
  • होमपेज
  • श्री गढीमाई मन्दिर संचालन तथा बिकास समितिको साधारण सभा अन्यौलमा, आजिवन सदस्यहरु अपमानित

श्री गढीमाई मन्दिर संचालन तथा बिकास समितिको साधारण सभा अन्यौलमा, आजिवन सदस्यहरु अपमानित

काठमाडौं। श्री बिश्व प्रसिद्ध गढीमाई मन्दिर संचालन तथा बिकास समितिको बार्षिक साधारण सभा अन्यौलमा रहेको छ । बाराको महागढीमाई नगरपालिका वार्ड न. १ मा स्थापित श्री गढीमाई मन्दिर संचालन तथा बिकास समिति बि.स. २०६० सालमा बिधान तयार गरि जिल्ला प्रशासन कार्यालय बारामा संस्था दर्ता ऐन २०४२ अनुसार दर्ता भएको गैरसरकारी संस्था हो ।

514b6079 379e 48cb 9f16 6a45200b42bf

श्री गढीमाई मन्दिर संचालन तथा बिकास समितिमा अहिले ८ हजार भन्दा बढी आजिवन सद्स्यहरु आवद्ध रहेका छन । पंचबर्षिय गढीमाई मेला २०८१ को मंसिर महिनामा लाग्ने भएको छ । मेलाको चार महिना अगाडि नै श्री गढीमाई मन्दिर संचालन तथा बिकास समितिले साधारण सभामा नयाँ पदाधिकारी चयन गर्नु पर्ने प्रावधान रहेको छ ।

तर त्यसो गरिएको छैन। मन्दिर संचालन तथा बिकास समितिको अध्यक्ष रामचन्द्र साह तेलिले पद अवधि समाप्त भइसक्दा समेत बिकास समितिको अध्यक्ष पदमै रहिरहेपछि स्थानीय आजिवन सद्स्यहरु आक्रोशित बनेका छन् ।

  484c7725 eba1 4511 8de8 61ed4269fa6f

मन्दिर संचालन तथा बिकास समितिको चार कार्यकाल २० बर्ष सम्म एउटै ब्यक्ती अध्यक्ष पदमा बसेर काम गर्दै आएका छन । हरेक पांच बर्षमा लाग्ने पंचबर्षिय गढीमाई मेला शुरु हुनु अगाडि बार्षिक साधारण सभा मार्फत नयाँ पदाधिकारी चयन गर्ने नजिर लाई यसपालि तोडिएको छ ।

महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले स्थानीय तहमा लाग्ने मठ, मन्दिर मेला आदिलाई आफ्नो स्वामित्वमा रहेको भन्दै श्री गढीमाई मन्दिर संचालन तथा बिकास समितिको बेवास्ता गरि गैर कानुनी रुपमा आफ्नो आसेपासेलाई त्यसको जिम्मेवारी दिएपछि चौतर्फी बिरोध भइरहेको पुर्व संबिधान सभा सदस्य शिवचन्द्र कुशवाहाले जानकारी दिए ।

2df4959a 2fa7 4d60 a962 847c69fdc32e

मन्दिर संचालन तथा बिकास समितिको सम्पुर्ण अधिकार बाट बंचित गरि बिकास समिति लाई नै खारेजी गर्ने दाउमा स्थानीय सरकार प्रमुख लागि परेको कुश्वाहाले बताए । कुशवाहाका अनुसार यस अघि बि.स. २०७६ सालमा लागेको पंचबर्षिय गढीमाई मेलाको जिम्मेवारी पाएका स्थानीय सरकार नगर प्रमुख यादवले कुल आम्दानी ६४ लाख सार्वजनिक गरेका थिए ।

हाल पंचबर्षिय गढीमाई मेला मुल समितिको खातामा भने शून्य ब्यालेन्स रहेको स्थानीय मोतिलाल कुशवाहाले बताए । स्थानीय प्रमुख उपेन्द्र प्रसाद यादवको शक्ति पिठ गढीमाई मेलामा आर्थिक लाभ लिने मनस्थिति रहेको पुर्व संबिधान सभा सदस्य शिवचन्द्र कुशवाहाले आरोप लगाए । गढीमाई मन्दिर संचालन तथा बिकास समितिको बार्षिक साधारण सभा अबिलम्ब बोलाउनु पर्ने उनको भनाई छ ।

826d98c0 9470 4dc6 828d bf76882a83f2

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका