जोडिनुहोस
  • होमपेज
  • अन्नपूर्णमा खेलमैदान बनाउन २८ लाख संकलन

अन्नपूर्णमा खेलमैदान बनाउन २८ लाख संकलन

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट २८ लाख ४२ हजार संकलन भएको छ । साथै पालिकाले उक्त रकमबाट तीन रोपनी जग्गा खरिद गरेको छ ।

खेलकुद गतिविधि सञ्चालन गर्न मैदान आवश्यक परेकाले जग्गा खरिद गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए।

‘समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको जग्गामा खेलमैदान बनाउन गाउँपालिका, प्रदेश र संघीय सरकारसँग बजेट माग गरेका छौँ’, उनले भने।

खेलमैदान बनाउन घारखोला जलविद्युत् आयोजनाले १३ लाख ५० हजार, पाँच लाख ५५ हजार चन्दा संकलन, हाल जापानमा रहेका घारका ददीवल खड्काबाट पाँच लाख, घार कोटमन्दिरबाट एक लाख ६५ हजारका साथै अन्य दाताबाट रकम प्राप्त भएको उनले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका