जोडिनुहोस
  • होमपेज
  • सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण

सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण

कञ्चनपुर। वन्यजन्तुलाई पानी पिउनका लागि शुक्लाफाँटा नगरपालिका–२का सामुदायिक वनभित्र तीन वटा कृत्रिम पोखरी निर्माण गरिएका छन् ।

सुनदेवी उपभोक्ता समितिले तराई भू– परिधि कार्यक्रम (ताल)को तीन लाख सहयोगमा वातावरण मध्यवर्ती सामुदायिक वनमा दुई र नागेश्वर मध्यवर्ती सामुदायिक वनभित्र एक गरी तीन वटा कृत्रिम पोखरी निर्माण गरेका हुन्।

पोखरीमा बाह्रै महिना पानीको व्यवस्था मिलाउन ‘बोरिङ’ जडान गरिएका छन्। निर्माण गरिएका तीन वटै पोखरी ८० हजार लिटर क्षमताका छन् । निर्माण गरिएका पोखरीबाट वन्जयजन्तुलाई सुख्खा याममा पानी पिउन सहज भएको वन उपभोक्ता भरतबहादुर विष्टले बताए।

पानीको व्यवस्था गरेपछि विगतमा झैँ पानीको खोजी गर्दै बस्तीसम्म जंगली जनावर आउने क्रम रोकिएको विष्टको भनाइ छ ।

पोखरी निर्माणले सामुदायिक वनभित्र जंगली जनावरको आवतजावत बढेको नागेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जयबहादुर ऐरले बताए।
‘सुख्खा याममा सामुदायिक वनभित्र पिउने पानी व्यवस्था नहुँदा विगतमा थोरै मात्रै जनावर देखा पर्ने गरेका थिए’, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका