जोडिनुहोस
  • होमपेज
  • मीनबहादुरले एमालेलाई दिएको जग्गा विवादबारे सर्वोच्चमा सुनुवाइ जारी

मीनबहादुरले एमालेलाई दिएको जग्गा विवादबारे सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं। नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय बनाउन भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गा दान विवादबारे सर्वोच्चमा सुनुवाइ सुरु भएको छ ।

व्यापारी तथा विवादित व्यक्ति गुरुङले एमालेलाई जग्गा दान दिएपछि परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको बताइएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार सो मुद्दा न्यायाधीशद्वय बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

यसको रिट अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेका थिए । यो विषय कानुन विपरीत भएको भन्दै राजनीतिक र सामाजिक क्षेत्रमा चर्चा टिका टिप्पणी चलेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली आफूले नै सो जग्गा शिलान्यास गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका