जोडिनुहोस
  • होमपेज
  • त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त

त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले ८ डीनको नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए ।

‘कार्यविधिको आधारमा नियुक्ति गरिएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरियो,’ उनले भने, ‘दोस्रो पटक डीन नदोहो¥याउने नीति छ । सर्वसम्मतिले डीन नियुक्ति गरिएको हो ।’

छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।

प्रधानमन्त्री एंव त्रिविका कुलपति केपी शर्मा ओलीले पुस ७ भित्र नियुक्ति गर्न निर्देशन दिएका थिए ।

रजिस्ट्रार केदारप्रसाद रिजालले डीन नियुक्त गरिएको बताए ।

कोको बने डिन ?

शिक्षाशास्त्र संकाय– प्राडा बेदराज आचार्य

वन विज्ञान अध्ययन संस्थान– सहप्राध्यापक ठाकुर सिलवाल

चिकित्साशास्त्र अध्ययन संस्थान– प्राडा मोहोनराज शर्मा

मानविकी तथा सामाजिकशास्त्र – प्राडा द्विविनन्द ढकाल

व्यवस्थापन संकाय – प्राडा महानन्द चालिसे

विज्ञान तथा प्रविधि अध्ययन संस्थान– प्राडा शंकर खनाल

कृषि र पशुविज्ञान अध्ययन संस्थान – सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल

इन्जिनियरिङ अध्ययन संस्थान प्राध्यापक डा. सुशीलबहादुर बज्राचार्य

तीन निर्देशक

शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशक डा. सहप्राध्यापक राजेन्द्र कुँवर

व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशक प्राडा मिनाराज भण्डारी

योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका