जोडिनुहोस
  • होमपेज
  • उकालो लाग्यो काठमाडौंको न्यूनतम तापक्रम, यस्तो रहनेछ दिनभरको मौसम

उकालो लाग्यो काठमाडौंको न्यूनतम तापक्रम, यस्तो रहनेछ दिनभरको मौसम

काठमाडौं। काठमाडौंको न्यूनतम तापक्रम उकालो लाग्न थालेको छ। शनिबार यो वर्षकै कम तापक्रम हुँदा काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको थियो।

त्यसको तुलनामा आइतबार र सोमबार काठमाडौंसहित अन्य भूभागको न्यूनतम तापक्रम केही उकालो लागेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्। सोमबार बिहान पौने ६ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहको महर्जनले जानकारी दिइन्।

यसअघि आइतबार काठमाडौंको न्यूनतम तापक्रम चार डिग्री सेल्सियभन्दा माथि थियो। शनिबारको तुलनामा आइतबार र सोमबार केही कम चिसो महशुस गरिएको छ।

काठमाडौंमा सोमबार अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान रहेको मौसमविद महर्जनले जानकारी दिइन्।

जुम्लामा पनि शनिबार माइनस ७ डिग्री सेल्सियस थियो। सोमबार माइनस ४.४ डिग्री सेल्सियस मापन भएको छ । आज देशभरको मौसम सफा हुने पनि महाशाको पूर्वानूमान छ। तत्काल वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

आज राति र भोलि दिउँसो बदली बढ्ने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी भूभाग र हिमाली भूभागतिर हल्का हिमपातको सम्भाव रहेको मौसमविद् महर्जनले जानकारी दिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका