जोडिनुहोस
  • होमपेज
  • काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। सोमबार बिहान १ बजे चाक्सीबारीस्थित निजी निवासमा उनको निधन भएको हो।

८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए। गतवर्ष मात्रै उनको पेटको शल्यक्रिया गरिएको थियो। उनी बहुदलपछि तत्कालीन काठमाडौं नगरपालिकाको पहिलो मेयर थिए। उनैले काठमाडौंलाई महानगर बनाउन भूमिका समेत खेलेका थिए।

उनको निधनमा काठमाडौं महानगरले सोमबार सार्वजनिक बिदा दिएको छ। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेसम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घण्टासम्म राखिने बताइएको छ।

उनको आजै अन्त्येष्टि गरिने बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका