जोडिनुहोस

खेलकुद

एनपीएलमा आज दुई खेल हुँदै

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शनिबार, कार्तिक ८, २०८३
एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्।

पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ। पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ।

चितवन कुशल मल्लको कप्तानीमा छ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ। लुम्बिनी लायन्स भने प्रतियोगिताबाट बाहिरिएको छ।

एनपीएलअन्तर्गत हिजो भएका खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई र पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई पराजित गरे।

जनकपुर एक खेल अघि नै प्लेअफमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपीएलको प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका