जोडिनुहोस
  • होमपेज
  • त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भए पनि कानूनअनुसार कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरका छन् ।

त्रिविको जग्गा खोजबिन आयोगको प्रतिवेदन बुझेको भोलिपल्ट आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले जग्गा त्रिवि मातहत ल्याउने र हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् । आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने प्रधानमन्त्री ओलीले बताएका छन् ।

सरकारले त्रिविको जग्गा र सम्पत्ति खोजबिन अध्ययन गर्न गएको जेठ १८ गते पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेको थियो । आयोगले कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेटेर हिजो अध्ययन प्रतिवेदन बुझाएको हो ।

त्रिविको एक हजार रोपनी जग्गा हिनामिना भएको आयोगको ठहर छ । त्रिविको तीन हजार सात सय रोपनी जग्गामध्ये एक हजार रोपनी जग्गा विभिन्न सङ्घ–संस्थाले प्रयोग गरिरहेको पत्ता लगाएको आयोगले जग्गा हिनामिनामा त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको ठहर गरेको छ ।

मन्त्रिपरिषद‍्बाट समिति बनाएकाले प्रतिवेदन मन्त्रिपरिषद‍्मा पुर्‍याएर औपचारिक रूपमा खोल्ने र मन्त्रिपरिषद्ले निर्णय गरेपछि थप काम थाल्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका