जोडिनुहोस
  • होमपेज
  • सर्लाहीमा एक महिलाको हत्या

समाचार

सर्लाहीमा एक महिलाको हत्या

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शुक्रबार, साउन २२, २०८३
सर्लाहीमा एक महिलाको हत्या

काठमाडौं। सर्लाहीमा ढुंगा प्रहार गरेर एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका–१२ घारिबथान बस्ने ४८ वर्षीय बीरबहादुर मोक्तान छन् । उनले लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको आरोप छ ।

वीरबहादुरले मंसिर २८ गते राति ढुंगा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको आज आइतबार लालबन्दीस्थित म्याक्स अस्पतालमा मृत्यु भएको हो ।

विष्णुमायाको मृत्यु भएपछि अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले वीरबहादुरलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका