जोडिनुहोस
  • होमपेज
  • सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविपत्नी निकिता पौडेललाई पनि बनाईयो प्रतिवादी

सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविपत्नी निकिता पौडेललाई पनि बनाईयो प्रतिवादी

काठमाडौं। कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ ।

सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ। उनीहरूको हकमा अदालतबाटै कानुन बमोजिम हुने भनिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादीहरुविरुद्ध अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी रहेको छ ।

प्रतिवादीहरु लिला पछाई र विश्वविक्रम राईविरुद्ध भने क्रिप्टो कारोबारअन्तर्गत पनि मुद्दा अगाडि बढाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका