जोडिनुहोस
  • होमपेज
  • अन्तिम खेलमा पनि पराजित भयो लुम्बिनी, कर्णाली पाँच रनले विजयी

अन्तिम खेलमा पनि पराजित भयो लुम्बिनी, कर्णाली पाँच रनले विजयी

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । लुम्बिनी लायन्सलाई पाँच रनले हराउँदै कर्णालीले जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । कर्णालीका लागि विलियम वसिस्टोले सर्वाधिक ४४ रन बनाएका थिए । अर्जुन घर्तीले २५ तथा बाबर हयातले २० र चाडविक वाल्टनले १३ रनको पारी खेलेका थिए ।

बलिङतर्फ लुम्बिनीका विकास आग्रीले तीन विकेट लिएका थिए । तिलक भण्डारीले दुई तथा रोहित पौडेल, साद बिन जाफर र रामोन सिमोन्ड्सले समान एक विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२३ रन मात्र बनायो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाएका थिए । सन्दीप जोराले २४, आशुतोष घिरैया र साद बिन जाफरले १६–१६ तथा अर्जुन साउद र कप्तान रोहित पौडेलले क्रमशः १३ र १० रन बनाए ।

बलिङतर्फ कर्णालीका जीशान मक्सूदले दुई विकेट लिए । सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र विलियम वसिस्टोले एक–एक विकेट लिए ।

लुम्बिनीको यो जारी प्रतियोगिताको अन्तिम खेल हो । लुम्बिनीले कुल सात खेलमध्ये एकमा जित र ६ मा हार बेहो¥यो । कर्णालीले भने ६ खेलमा चार जित हात पारेको छ भने दुई हार बेहोरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका