जोडिनुहोस
  • होमपेज
  • विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न शिक्षा मन्त्रालयको अनुरोध

विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पढ्नका लागि विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न अनुरोध गरेको छ । मन्त्रालयले शैक्षिक परामर्श दाता निकायहरूका नाममा अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै जथाभाबी सामग्री प्रकाशन नगर्न भनेको हो ।

सामाजिक सञ्जालहरूमा फ्री भिसा, भिसाको सुनिश्चितता, अत्यधिक छुट, कामको ग्यारेन्टीलगायत भनिएका भिडिओहरू धेरै देखिन थालेकाले सूचना जारी गर्नुपरेको मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्तराज कोइरालाले जानकारी दिनुभयो । सूचनामा यस्ता सामग्री भ्रामक र व्यावसायिक आचरण विपरीतका रहेको उल्लेख छ ।

परामर्श दिने संस्थाले आफ्नो प्रचार सामग्रीमा संस्थाको दर्ता नम्बर, अनुमति नम्बर, सम्पर्क ठेगानासँगै परामर्श वा प्रशिक्षण प्रदान गर्ने देश, विश्वविद्यालय, कलेज, विषय, अवधि, उपाधि, लागत, मान्यता, स्तर निर्धारणलगायत स्पष्ट खुलाउनुपर्नेजस्ता व्यवस्था भए पनि त्यस्तो विवरण विनै भ्रामण सामग्री धेरै पाइएको कोइरालाले बताउनुभयो । सूचनामा आचारसंहिता विपरीत सामग्री प्रकाशन गरेमा कारबाही गर्ने उल्लेख छ ।

शिक्षा मन्त्रालयको तथ्याङ्कानुसार चालू आर्थिक वर्षको शुरूका पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्ममा ७२ हजार तीन सय १२ जनाले विदेश पढ्न जानका लागि ’नो अब्जेक्शन लेटर’ अर्थात् (एनओसी) लिएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ६ सय ६१ जना विद्यार्थी अध्ययनका लागि विदेश जाँदा एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । ठूलो सङ्ख्यामा विद्यार्थी जाने क्षेत्रको भ्रामक प्रचारका कारण ठगिने क्रम बढ्ने मन्त्रालयको भनाइ छ ।

release dzhdInGBBR

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका