जोडिनुहोस
  • होमपेज
  • कुलमानबारे ऊर्जामन्त्री– कुलमान घिसिङ आफूखुसी अघि बढ्न खोजे, लगाम लगाउने बेला भयो

कुलमानबारे ऊर्जामन्त्री– कुलमान घिसिङ आफूखुसी अघि बढ्न खोजे, लगाम लगाउने बेला भयो

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी अघि बढ्न खोजको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी अघि बढ्न खोजको आरोप लगाए । कुलमानले सरकारलाई नटेरेको पनि उनले बताए ।

घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उनले उल्लेख गरे । राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नहुँदा सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे ।

उनले कुलमानका कारण लोडसेडिङ हटेको भनेर भ्रम फैलाइएको उल्लेख गरे । तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको उनले स्पष्ट पारे । बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै खड्काले तत्काल विद्युत् प्रवाहलाई सहज ढंगले सुचारु गरिएको दाबी गरे ।

खड्काले दोधारा–लम्की, बरेली–ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भएर काम अघि बढेको बताए ।

उनले ऊर्जा क्षेत्रमा आवश्यक कानुन तर्जुमाका क्रममा रहेको बताउँदै केही विधेयकहरू अघि बढिसकेको पनि जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका