जोडिनुहोस
  • होमपेज
  • चितवनमा आजदेखि हात्ती महोत्सवसँगै ‘मह उत्सव’

चितवनमा आजदेखि हात्ती महोत्सवसँगै ‘मह उत्सव’

काठमाडौं। चितवनमा आजदेखि मह उत्सव हुँदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि आजदेखि १५ गतेसम्म मह उत्सव आयोजना गर्न लागेको हो ।

हात्ती महोत्सव हुने सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा मह उत्सव हुने परियोजनाले जनाएको छ । परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ ।

परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’मा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७५/७६देखि चितवनमा मौरीजोन स्थापना भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका