जोडिनुहोस
  • होमपेज
  • दुई सहायक हवलदारसहित ३० प्रहरी सम्पर्कविहीन

दुई सहायक हवलदारसहित ३० प्रहरी सम्पर्कविहीन

काठमाडौं। नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो।

गैरहाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्यूठानको गौमुखी गाउँपालिका–३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–५ का बुद्धिमान तामाङ छन्।

सेन असोज ३० गतेदेखि र तामाङ असोज १६ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाँकी २८ जनामध्ये पाँच जना प्राविधिक प्रहरी जवान, २२ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन्।

उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक  स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

gaihajir-1735178755.jpg

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका