जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

पोखरा। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उस्तै कसुरमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई समेत म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

अनुसन्धानका क्रममा लामिछानेलाई यसअघि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पु¥याएर बयान लिएको थियो। लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ। उनी कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए।

हिरासतमा राखेर अनुसन्धानका लागि अब ९ दिन बाँकी रहेकोमा प्रहरीले अर्कोपल्ट अभियोगपत्र लैजानै तयारी गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका