जोडिनुहोस

राजनीति

पार्टी खोल्दै भीम रावल

  • Sanchar NP
  • शनिबार, बैशाख ५, २०८३
पार्टी खोल्दै भीम रावल

काठमाडौं। नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनी निकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् ।

‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ । त्यसपछि देशव्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो ।

देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टी बनाउनु रहने स्रोतको भनाइ छ । ‘हामीलाई कतिपयले माधव नेपालको पार्टीमा जान्छन् भन्ने चर्चा गरिरहेका छन् । तर, छुट्टै पार्टी बनाएर अगाडि बढ्ने सोचमा उहाँ हुनुहुन्छ,’ स्रोतले भन्यो ।

दशौं महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएर एमालेले बुधबारको सचिवालय बैठकबाट रावललाई निस्कासन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका