जोडिनुहोस
  • होमपेज
  • आज साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

आज साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) साँझदेखि देशका अधिकांश स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।

विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।

विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान हल्का हिमपात हुने जनाएको छ ।

बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भूभागमा हल्का वर्षा हुने विभागको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका