जोडिनुहोस
  • होमपेज
  • तीनकुनेको जग्गा ५० वर्षदेखि कब्जा, सरकारले केही गरेनः बालेन

तीनकुनेको जग्गा ५० वर्षदेखि कब्जा, सरकारले केही गरेनः बालेन

काठमाडौं। महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अहिले दुई तिहाइको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उनले बताए । उनले पचासौँ वर्षदेखि जग्गा कब्जा हुँदा पनि सरकारबाट आश्वासन मात्रै प्राप्त भएको धारणा राखे । कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए विश्वास नगर्न उनले स्थानीयहरूलाई सुझाव दिए ।

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोत साधन समेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नबढे कहिल्यै समस्या समाधान नहुने उनले बताए ।

शाहले कोटेश्वर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा साथ बिक्री वितरण गर्न सुझाव दिए । कोटेश्वर महोत्सव दुई दिनसम्म चल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका