जोडिनुहोस
  • होमपेज
  • एनपीएलः इंग्ल्यान्डका क्रिकेटर टम मुर्स लुम्बिनी लायन्समा अनुबन्धित

एनपीएलः इंग्ल्यान्डका क्रिकेटर टम मुर्स लुम्बिनी लायन्समा अनुबन्धित

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले पहिलो विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका क्रिकेटर टम मुर्सलाई हस्ताक्षर गरेको छ ।

पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले लुम्बिनीले सामाजिक सञ्जाल मार्फत विकेटकिपर तथा बायाँ हाते ब्याटर मुर्सलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो । मुर्सले इंग्ल्यान्डको टिमबाट कुनै पनि प्रारुपको अन्तर्राष्ट्रिय खेल खेलेका भने छैनन् ।

२८ वर्षीय मुर्स अन्तर्राष्ट्रिय डेब्यू विनै एनपीएलमा डेब्यू गर्ने पहिलो विदेशी खेलाडी समेत हुन् । उनले १ सय ४७ टी–ट्वेन्टीमा २ हजार ३ सय ११ रन प्रहार गरको छन् । उनीसँग इंग्ल्यान्डको अन्डर १९ टिमबाट खेलको अनुभव भने छ ।

उनको नाममा ८ टी २० अर्धशकत पनि छ । लुम्बिनिको मुख्य प्रशिक्षक पनि नियुक्त हुन बाँकी छ ।

एनपीएलमा सहभागी ८ टोलीले असोज २० गते भएको अक्शन मार्फत १०–१० जना स्वदेशी खेलाडीहरु अनुबन्धित गरिसक्दा विदेशी खेलाडी हस्ताक्षर गर्ने क्रम भने जारी छ । पहिलो संस्करणको एनपीएल मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका