जोडिनुहोस
  • होमपेज
  • काश्मिरमा अपहरणपछि एक भारतीय सैनिकको मृत्यु

काश्मिरमा अपहरणपछि एक भारतीय सैनिकको मृत्यु

काठमाडौं। भारत प्रशाशित काश्मिरमा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि एक सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

भारत प्रशासित काश्मिरमा एक दशकपछि पहिलो पटक भएको विधान सभा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि प्रहरीले एक सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको जनाएको छ ।

सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै मुस्लिम बाहुल्य रहेको काश्मिर भारत र पाकिस्तानबीच विभाजित छ । अनन्तनाग जिल्लामा मङ्गलबार साँझ दुई सैनिकको अपहरण भएको प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।

“एक जना सैनिक भाग्न सफल भए। उनलाई दुई वटा गोली लागेको छ र उनको उपचार भइरहेको छ,” नाम नबताउने शर्तमा ती अधिकारीले भने।

सैनिकद्वयको अपहरणपछि उनीहरूको खोजी सुरु गरिएको र केही घण्टापछि अर्थात् बुधबार बिहान अर्का एक सैनिकको शव जङ्गलमा फेला परेको थियो ।

सन् १९८९ यता दशौँ हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएको सशस्त्र विद्रोहसँग जुधिरहेका काश्मिरमा कम्तीमा पाँच लाख भारतीय सेना तैनाथ छन् ।

भारतले पाकिस्तानमाथि विद्रोहीलाई सहयोग र हतियार उपलब्ध गराएको आरोप लगाउँदै आएको छ । आणविक शक्ति सम्पन्न यी छिमेकीले सन् १९४७ देखि यस क्षेत्रको नियन्त्रणका लागि कैयौँ पटक लडाँइ गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका