
काठमाडौं। नेपाल वायुसेवा निगमका दुईवटा जहाज बिग्रिएपछि ताप्लेजुङ-काठमाडौं उडान ठप्प भएको छ । सातामा पाँच वटासम्म उडान हुने ताप्लेजुङमा जहाज बिग्रिएर थन्किएपछि यात्रुलाई समस्या भएको छ ।
ताप्लेजुङसहित छिमेकी जिल्लाका यात्रुले झापाको भद्रपुर र विराटनगर गएर जहाज चड्नुपर्ने भएको छ ।
यसले बिरामी, वृद्धवृद्धा र असक्तका लागि बढी समस्या हुने गरेको छ । ताप्लेजुङ-काठमाडौं उडान नेपाल एयरलाइन्सले मात्रै गर्दै आएको ।





























