जोडिनुहोस
  • होमपेज
  • नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं। नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा आज बिहान निधन भएको परिवारले जनाएको छ ।

सन् १९३३ मा भारतमा जन्मिएकी शाहले अमेरिकाको बर्नार्ड कलेज र कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तरसम्म अध्ययन गरेका थिए ।

शाहले २०४५ सालमा भारतका लागि नेपाली राजदूतको जिम्मेवारी लिनुभएको थियो । त्यति बेलासम्म कुनै पनि नेपाली महिलाले राजदूतको जिम्मेवारी पाएका थिएनन् । उनका दुई जना छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?