जोडिनुहोस
  • होमपेज
  • विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छः शिक्षामन्त्री

विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छः शिक्षामन्त्री

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छन्।

शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।

उनले विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने बताएकी ह्न । उनले अब विश्वविद्यालय कस्तो हुने ? भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने जरुरी रहेको औंल्याइन् ।

उनले भनीन्, ‘‘विश्वविद्यालयको ऐन किन स्वायत्त छ भन्दा उसको परिभाषालाई अरु ऐनमा पनि धेरै कुराहरु परिभाषित गर्नसक्छौँ । यसकारण स्वायत्त मान्छौँ । अब विश्वविद्यालय कस्तो हुने ? त्यहाँ हुने जस्ता खालका गतिविधिहरु छन्, खासगरी म त्यसलाई राजनीतिक भन्दिन, अराजनीतिक गतिविधिहरु छन्, त्यो अराजनीतिक गतिविधिलाई अन्त्य गर्ने हो भने विश्वविद्यालयको स्टाटस के हो त ? कस्तो हुनुपर्छ भन्नेकुरा यो ऐनमा व्याख्या गरौँ । जुन कुरा यो ड्राफ्टमा आएको छैन । त्यसका लागि समितिलाई म अनुरोध गर्न चाहन्छु ।’’

शिक्षामन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताइन् । अहिलेको ड्राफ्टमा नआएको भए पनि समितिले छलफल गरेर अघि बढाउनसक्ने उनको भनाइ छ ।

मन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्न जरुरी रहेको बताइन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका