जोडिनुहोस
  • होमपेज
  • एमालेको केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले धारणा राख्ने क्रम जारी

एमालेको केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं। सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक सोमवार पनि जारी रहनेछ ।

हिजोदेखि सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । बैठक बिहान ११ः०० बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा निरन्तरता पाउनेछ ।

जसअनुसार आजको बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ । जसमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्न सुरू गर्नेछन् ।

साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका