जोडिनुहोस
  • होमपेज
  • मोर्चाबन्दीका लागि जनमतले गर्यो कार्यदल गठन

मोर्चाबन्दीका लागि जनमतले गर्यो कार्यदल गठन

काठमाडौं। मधेशकेन्द्रित दलहरुसँगको मोर्चाबन्दीका लागि सिके राउत नेतृत्वको जनमत पार्टीले दुई सदस्य कार्यदल गठन गरेको छ । कार्यदलमा केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव रहेको जनमतले जनाएको छ । पार्टीको आईतबार बसेको केन्द्रीय सचिवालय समितिको बैठकले गरेको निर्णय अनुसार मोर्चाबन्दीका लागि कार्यदल गठन गरेको हो ।

मधेशकेन्द्रीत दलहरुबीच संवाद र सहकार्यको पहल गर्न कार्यदल गठन गरेको पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले बताएका छन् । संविधान संशोधन, संघीयता र लोकतन्त्रको रक्षाका लागि सबै मधेशी दलहरू एक ठाउँमा आउनु पर्ने साझा धारणाका साथ मोर्चाबन्दीको गठन गर्न लागेको उनले बताएका छन् ।

पछिल्लो समय हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा), महन्थ ठाकूर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी लगायतका मधेशकेन्द्रित दलहरुले मोर्चाबन्दी र एकताको प्रयत्न थालेका छन् । अहिले अधिकांश दलहरूले कार्यदल बनाएर पार्टी एकता थालेका छन् ।

e5249527 bdec 4c55 b6b8 f23b8d56f260

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका