जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचारको आरोपमा मधेसका तत्कालीन कृषि सचिवसहित आठ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचारको आरोपमा मधेसका तत्कालीन कृषि सचिवसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। भ्रष्टाचार गरेको आरोपमा मधेस प्रदेशकी तत्कालीन कृषिसचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा एक करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको उल्लेख छ ।

महोत्तरीको युवरानी मत्स्य तथा कृषि फार्म प्रालिसँग आफैँले बनाएको मापदण्डविपरीत सम्झौता गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । अभियोगपत्रमा तोकिएको समयमा प्रस्ताव नै पेस नगरेको युवरानी मत्स्य तथा कृषि फार्म प्रालिलाई अर्को निर्णयमार्फत सहभागी गराएर नक्कली बैंक ग्यारेन्टीका आधारमा सम्झौता गरी उसैको मूल्यांकनका आधारमा नक्कली बिल भर्पाइका आधारमा एक करोड भुक्तानी दिएको उल्लेख छ ।

मुद्दामा खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्धन महाशाखाका प्रमुख शंकरप्रसाद साह, मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहलेखापाल ब्रजेशकुमार साह, युवरानी मत्स्य तथा कृषि फार्म प्रालि, औरही नगरपालिका–३, महोत्तरी र फार्मका सञ्चालक तथा अध्यक्ष लक्ष्मी नारायण यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालयका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साहलाई विपक्षी बनाएको छ ।

मुद्दामा सबै जनालाई एक करोड बिगो कायम गरी त्यति नै क्षतिपूर्ति माग दाबी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका