जोडिनुहोस
  • होमपेज
  • सूर्यदर्शन सहकारी ठगीः आज थुनछेक बहस सक्ने तयारी

सूर्यदर्शन सहकारी ठगीः आज थुनछेक बहस सक्ने तयारी

काठमाडौं। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रगतिवादीहरूको थुनछेक बहस आज सक्ने तयारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा भइरहेको छ।

सम्भव भएसम्म आज बेलुकीसम्ममा बाँकी ३ जना प्रतिवादीहरू कृष्णबहादुर गुरुङ, आरती गुरुङ, र पूर्वसांसद मीना गुरुङका तर्फबाट कानुन व्यवसायीहरूको बहस सक्ने तयारी गरिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

यसअघि हिजो रास्वपा सभापति लामिछानेतर्फका कानुन व्यवसायीको बहस सकिएको थियो। लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै अर्का प्रतिवादी रामबहादुर खनालतर्फका कानुन व्यवसायीको बहस पनि हिजै शुरु भएको थियो।

खनालका तर्फबाट भने हिजो उज्ज्वल सापकोटा र वरिष्ठ अधिवक्ता विरेन्द्र केसीले बहस गरे। खनाल पक्षबाट आज एक जनाले बहस गर्ने स्रेस्तेदार खनालले बताए। आज सबै प्रतिवादीका तर्फबाट बहस सकिएको खण्डमा भोलिदेखि सरकारी वकिललाई जबाफी बहस गराउने अदालतको तयारी छ।

जबाफी बहस सकिएपछि अदालतले प्रतिवादीहरू सबै वा केहीलाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका