जोडिनुहोस
  • होमपेज
  • यस्तो रहनेछ आज दिनभरिको मौसम

यस्तो रहनेछ आज दिनभरिको मौसम

काठमाडौं। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ।

दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।

आगामी २४ घण्टाका लागि तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको अवस्था रहने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका