जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (महानिरीक्षक) मा जुम्लाका टेकेन्द्र कार्की नियुक्त

राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (महानिरीक्षक) मा जुम्लाका टेकेन्द्र कार्की नियुक्त

काठमाडौं । साविकको कर्णाली प्रदेशबाटै हालसम्म सुरक्षा निकायको उच्च पदस्थ (महानिरिक्षक) मा पुग्ने पहिलो व्यक्ति जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वार्ड नं- ५ निवासी बुबा एकराज कार्की र आमा सरस्वती कार्कीका एक मात्र पुत्र टेकेन्द्र कार्कीले आफ्नो जागिरको शुरुवात २०५३ सालमा निरिक्षक पदबाट गरेका थिए, उच्च कार्यसम्पादनका वापजुद मिति २०८२ भाद्र ५ गते आइतबार बसेको मन्त्रिपरिषदको बैठकले  उनै कार्कीलाई राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशक (प्रमुख) मा नियुक्त गरेको छ ।

विभागको प्रमुखका निम्ति कार्कीसँगै अर्का अतिरिक्त मुख्य अनुसन्धान अधिकृत ओम जोशी समेत प्रतिस्पर्धामा थिए । बढुवा वरियतामा कार्कीभन्दा जोशी अगाडि थिए । तर, उनी कार्यसम्पादनमा कार्कीभन्दा कमजोर भएका कारण पछाडि परेको भन्ने बुझिन आएको छ ।

विभागका प्रमुख हुतराज थापा भदौ २९ मा अवकाश भएपछि उक्त पद रिक्त थियो । केपी ओली नेतृत्वको सरकारको वहिर्गमन र नयाँ सरकार गठनमा भएको बिलम्बका कारण विभागको प्रमुख नियुक्तिमा केहि ढिलाई भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका