जोडिनुहोस
  • होमपेज
  • शीतलनिवासले ‘होल्ड’मा राखेको अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने सरकारको तयारी

शीतलनिवासले ‘होल्ड’मा राखेको अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने सरकारको तयारी

काठमाडौं। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले ‘होल्ड’ गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको छ । सरकारले पठाएका पाँच अध्यादेशमध्ये सोमबार चार अध्यादेश जारी भइसकेका छन् भने वन, निकुञ्ज र भूमिसम्बन्धी अध्यादेश गम्भीर भएको भन्दै शीतलनिवासले ‘होल्ड’मा राखेको छ ।

राष्ट्रपति पौडेलले कानूनी विज्ञ र सल्लाहकारहरूलाई अध्यादेशले गरेको प्रबन्ध, अन्र्तराष्ट्रिय सन्धि, सम्झौता र अदालतबाट जारी भएका नजिरसमेतलाई ध्यानमा राखेर अध्ययन गर्न निर्देशन दिएका छन् ।

‘प्रस्तावित प्रबन्धले निकुञ्ज र नदी किनारका सरकारी जग्गा समेतको दुरुपयोग हुनसक्ने जोखिम देखेरै राष्ट्रपतिले गहिरो अध्ययन नगरी जारी नगरौँ भन्नु भएकाले नै ‘होल्ड’मा राखिएको हो,’ शीतलनिवास स्रोतले भन्यो । संसद् बैठक बोलाउने निर्णय गरेपछि राष्ट्रपतिलाई अध्यादेश जारी गर्न नैतिक सङ्कट पर्ने भएकाले सरकार पहिला अध्यादेश जारी हुने प्रतीक्षामा रहेको सरकारका एक मन्त्रीले बताए ।

अध्यादेश जारी हुनासाथ लगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् बैठक आह्वान सम्बन्धी निर्णय गर्ने सरकारका एक मन्त्रीले बताए । कांग्रेस नेताहरूको अरुचीका कारण राजनीतिक दल सम्बन्धी अध्यादेश भने यसपटक नआउने भएको छ । बालुवाटार स्रोतका अनुसार राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न अब विधेयक नै संसद्मा लगिने भएको छ ।

राजनीतिक दल विभाजन गर्न ऐनमा रहेको केन्द्रीय कमिटी र संसदीय दलको चालीस प्रतिशत आवश्यक हुने व्यवस्थामा कुनै एकमा भएपनि हुनेगरि ‘र’ को ठाउँमा वा राखेर विधेयक अघि बढाउने गृहकार्य भइरहेको स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका