जोडिनुहोस

समाचार

वनका कर्मचारीलाई तालिम

  • Sanchar NP
  • आइतवार, बैशाख ६, २०८३
वनका कर्मचारीलाई तालिम

सिरहा। जिल्लास्थित डिभिजन वन कार्यालयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम दिन सुरु गरेको छ ।

लहानमा आयोजित तीन दिने ‘कानुनी कार्यविधि’ तालिमको आज जिल्ला अदालत सिरहाका न्यायाधीश माधवप्रसाद मैनालीले उद्घाटन गरेका हुन् ।

न्यायाधीश मैनालीले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन तालिमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । ‘कतिपय कानुन वन ऐनमा व्यवस्था नभएको हुन सक्छन् । त्यसबेला वन ऐनबाहेक सामान्य कानुन आकर्षित हुन्छन्’, उनले भने, ‘काम गर्ने क्रममा हुनसक्ने अप्ठ्यारा फुकाई सहज र सरल बाटो पहिचान गर्न यस तालिम फलदायी हुन्छ भन्ने विश्वास लिएको छु ।’

अदालतमा मुद्दा दायर गर्दा हुने कमीकमजोरीका सम्बन्धमा प्रष्ट पार्ने उद्देश्यले तालिम आयोजना गरिएको जिल्ला डिभिजन वन कार्यलयका प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनले आमनागरिकबीच वन कार्यालयप्रति विश्वास कायम राखिराख्न र सम्भावित कानुनी त्रुटिलाई न्यूनीकरण गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

सिरहामा एउटा डिभिजन वन कार्यालय र छ वटा सव–डिभिजन वन कार्यालय छन् । डिभिजन वन कार्यलयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार कानुनी तालिमको प्रशिक्षण जिल्ला अदालत सिरहाका न्यायाधीश, रेक्टर तथा इलाका प्रहरी कार्यालय लहानका अधिकृतले दिनेछन् ।

डिभिजन वन कार्यालयसहित सव–डिभिजन वन कार्यालय बन्दीपुर, सिरहा, मिर्चैया, चोहर्वा, धनगढीमाई र लहानका गरी २७ जना कर्मचारी तालिममा सहभागी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका