जोडिनुहोस
  • होमपेज
  • ‘संसदको प्रभावकारीता बढाउन सबै दल एकठाउँ उभिनुपर्छ’

‘संसदको प्रभावकारीता बढाउन सबै दल एकठाउँ उभिनुपर्छ’

काठमाडौं। संसदको प्रभावकारीता बढाउन सबै दल एकठाउँमा उभिएर काम गर्नुपर्ने निष्कर्ष मुख्य चार दलका प्रमुख सचेतकको बैठकले निकालेको छ ।

सिंहदरबारमा आज बसेको प्रमुख सचेतकको बैठकले संसदमा विधेयक अघि बढाउन समन्वयकारी भूमिका खेल्ने निर्णय गरेको हो। विधेयकहरू छिटो–छरितो ढंगबाट कानून निर्माणको तहमा पुर्याउन संसदीय दलहरुले भुमिका खेल्ने प्रमुख सचेतकहरुबीच सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा कानून निर्माणको सवालमा संसद अब्बल छ भनि प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका