जोडिनुहोस
  • होमपेज
  • मेयर राईलाई खानेपानी मन्त्रीले भने– यसै वर्ष टेन्डर हुन्छ

मेयर राईलाई खानेपानी मन्त्रीले भने– यसै वर्ष टेन्डर हुन्छ

काठमाडौं। खानेपानी मन्त्री प्रदीप यादवले धरान उपमहानगरपालिकावासीको खानेपानी समस्या समाधानका लागि यसै वर्ष टेन्डर लगाउने प्रतिबद्धता जनाएका छन् ।

खानेपानी समस्या समाधानको खोजीमा मंगलबार सिंहदरबार छिरेका धरानका मेयर हर्कराज राईसँगको भेटवार्तामा उनले एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा समाधान खोजिने बचन दिएका हुन् ।

मेयर साम्पाङ र मन्त्री यादवबीच भेटवार्तामा खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उपमहानगरपालिकाले लिने सहमति भएको छ । त्यसपछि मन्त्रालयले ठेक्का लगाइदिने प्रतिवद्धता मन्त्रीले जनाएका छन् ।

‘मैले धरानवासीको खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेन्डर आह्वान गर्ने प्रतिबद्धता गरेको छु,’ मन्त्री यादवले भने ।

खानेपानी व्यवस्थापनका लागि टेन्डर आह्वान गरिएको सूचनासहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता जनाएको उनले बताएका छन् ।

आफूले नगरप्रमुख साम्पाङलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशीसहित धरान फर्किन भनेको उनले उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका