जोडिनुहोस
  • होमपेज
  • १३ हजार आँखाका बिरामीको निःशुल्क परीक्षण

स्वास्थ्य/जीवनशैली

१३ हजार आँखाका बिरामीको निःशुल्क परीक्षण

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बिहिबार, साउन २१, २०८३
१३ हजार आँखाका बिरामीको निःशुल्क परीक्षण

सुनसरी। सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ ।

अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिए ।

अस्पतालले कोशी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा र मधेस प्रदेशका सप्तरीमा शिविरको आयोजना गरेर निःशुल्क आँखाका रोगीको निःशुल्क उपचार गरेको उनले बताए ।

अस्पतालले विभिन्न ठाउँमा आयोजना गरेको शिविरमा न्यून आय भएका र वृद्धवृद्धा भएका १३ हजार पाँच सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको डा गौतमले बताए । अस्पतालले आर्थिक वर्ष २०७९–८० मा एक सय ६३ ठाउँमा आयोजना गरेको शिविरमा आएका वृद्धवृद्धा र न्यून आय भएका बिरामीको उपचार गरेको उनले जानकारी दिए ।

शिविरमा मोतियाबिन्दु देखिएका चार सय ३७ जनाको निःशुल्क शल्यक्रियासमेत गरिएको उनले जानकारी दिए । अस्पतालले सोही अवधिमा कोशी प्रदेशका ५० विद्यालयमा निःशुल्क आँखा परीक्षण गरेको उनको भनाइ छ ।

सोही अवधिमा विभिन्न विद्यालयमा गरिएको परीक्षणका क्रममा आठ सय १७ जना विद्यार्थीको आँखामा समस्या देखिएकाले उपचार गरिएको दृष्टि विज्ञ राकेश थापाले बताए ।

अस्पतालले विभिन्न स्थानमा निःशुल्क शिविरको आयोजना गर्दै आएको छ । आँखाको समस्यालाई अन्त्य गर्न आँखाको निःशुल्क उपचार गरेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका