जोडिनुहोस
  • होमपेज
  • छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

धनगढी। कैलालीको मोहन्याल गाउँपालिका– ७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरेको थियो ।

आइतबार राति करिब साढे १० बजेको समयमा सरस्वतीलाई बाघले आक्रमण गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाइ छ । सरस्वतीलाई उपचारका लागि लम्की लगिएको छ । उनको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

कैलालीका विभिन्न क्षेत्रमा अझै छाउको समयमा गोठमा बस्ने चलन कायमै छ। छाउगोठमुक्त, वडा, पालिका घोषणा गरिए पनि गोठमा बस्ने चलन हटेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका