जोडिनुहोस
  • होमपेज
  • पूर्वराजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने

पूर्वराजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने शाहका संवाद सचिव फणीराज पाठकले जानकारी दिए । पूर्वराजा शाह केही दिन अघिदेखि भैरहवामा छन् ।

गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिन शाह गोरखपुर जान लागेका हुन् ।

पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

पूर्वराजा शाहलाई भेट्न मुख्यमन्त्री आदित्यनाथ पनि आजै गोरखनाथ पुग्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका