जोडिनुहोस
  • होमपेज
  • टी–२० आई सिरिजः अमेरिकामाथि नेपालको जित

टी–२० आई सिरिजः अमेरिकामाथि नेपालको जित

काठमाडौं। अमेरिका भ्रमणमा रहेको नेपालले शुक्रबार सुखद सुरुआत गरेको छ। नेपालले डलासमा भएको पहिलो ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलमा अमेरिकामाथि १७ रनको प्रभावशाली जित निकालेको हो। यससँगै तीन खेलको शृंखलामा नेपालले १–० को अग्रता लिएको छ। अब दोस्रो खेल शनिबार हुनेछ।

जितका लागि १ सय ६५ रन पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो। खराव सुरुवात गरेको अमेरिकाका लागि सयन जहाँगिरले सर्वाधिक ६० रन बनाए। उनले ३४ बलको सामना गरेर ६ चौका र दुई छक्का प्रहार गरे। तर त्यो निर्णायक भने सावित भएन। उनलाई छाडेर आन्द्रेस गसले ३० र मिलिन्द कुमारले २२ रन बनाए।

नेपालका सबै बलरले कसिलो बलिङ गरे र अमेरिकी ब्याटरले खुलेर खेल्न सकेनन्। अमेरिकालाई जितसम्म पुग्न १२ बलमा ४९ रन चाहिएको थियो। पछि अन्तिम ओभरमा जितका लागि ३१ रनको आवश्यकता थियो। यो लगभग असम्भव भन्दा कम थिएन। नेपाली बलरमध्ये दीपेन्द्रले २७ रनमा तीन विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको ४९ रनमा ९ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। रोहितले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरे। आफ्नो अर्धशतक पूरा गर्ने क्रममा उनी दुर्भाग्यपूर्ण रूपले रनटआउट भए। नेपालले सुरुआत भने राम्रो गरेको थियो र पहिलो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो।

दुवै ओपनर अनिल साह र आसिफ शेखले समान २७ रन बनाए। इनिङ्सको अन्त्यतिर दीपेन्द्रसिंह ऐरीले १७ बलमा २८ रन बनाए। छिटोछिटो रन बनाउने निहुँमा नेपालले अन्त्यतिर एकपछि अर्को विकेट गुमाएको थियो। नेपालले अन्तिम पाँच विकेट पाँच रनमै गुमाएको थियो। अन्यथा नेपालको स्कोर अझ ठूलो हुने थियो।

nepali team

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका