जोडिनुहोस
  • होमपेज
  • संसद् बैंठकअघि कांग्रेस संसदीय दलको बैठक

संसद् बैंठकअघि कांग्रेस संसदीय दलको बैठक

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान साढे ८ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्न गरी बोलाइएको हो ।

आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुनेछ । यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखिसकेपछि मन्त्रीहरुले जवाफ दिनेछन् ।

मन्त्रीहरुले आफूले गरेका कामबारे सांसदहरुलाई जानकारी पनि गराउने छन् । संसदीय दलको बैठकमा यसअघि २० सांसदले बोलिसकेका छन् । साथै, अध्यादेशको अन्तरवस्तुबारे महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखकले सांसदहरुलाई जानकारी गराइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका