जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको न्यूनतम तापक्रम घट्यो

काठमाडौंको न्यूनतम तापक्रम घट्यो

काठमाडौं। काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार घटेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ। बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो।

बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन भएको थियो। शुक्रबार पनि सोही हाराहारीमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी तीन दिनसम्म कुनै प्रणाली विकसित नहुने देखिएकाले काठमाडौंको तापक्रम विस्तारै उकालो लाग्न सक्ने छ।

एक साताअघि शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको थियो।

त्यसपछि शनिबार ५.४, आइतबार १८.१, सोमबार ६.१ , मंगलबार ६.३, बुधबार ८.५ र बिहीबार ८ डिग्री सेल्सियस मापन भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका