जोडिनुहोस
  • होमपेज
  • महिला टी २० विश्वकप एशिया छनोट आजदेखि, नेपालले आज थाइल्याण्डसँग खेल्दै

महिला टी २० विश्वकप एशिया छनोट आजदेखि, नेपालले आज थाइल्याण्डसँग खेल्दै

काठमाडौं। आजदेखि यूएईमा आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकप एशिया छनोट शुरू हुँदैछ । नेपालले आज थाइल्याण्डसँग खेल्दै छनोट यात्रा शुरू गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुने छ ।

प्रतियोगिताका लागि दिल्लीमा प्रशिक्षण र केही अभ्यास खेलपछि नेपाली युवा टोली अस्ति सोमवार दुबई पुगेको छ । एशिया छनोट प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनोट खेल्ने अन्य दुई टोलीमा थाइल्याण्ड र कुवेत छन् ।

चार टोलबीच डबल राउण्ड रोविन आधारमा खेलहरु हुनेछ । हरेक टोलीले अर्को टोलीसँग २–२ खेल खेल्नेछन् । डबल राउण्ड रोविनको खेलहरुपछि धेरै अङ्क जोड्दै विजेता बन्ने टोली अर्को वर्ष मलेसियामा हुने आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपका लागि छनोट हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका