जोडिनुहोस
  • होमपेज
  • समाजवाद ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छुः वामदेव गौतम

समाजवाद ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छुः वामदेव गौतम

काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताएका छन् ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उनले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताएका हुन् ।

उनले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताए ।

उनले पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताए । उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए ।

‘म आफूलाई दाउमा राख्न चाहन्छु । मलाई मृत्युदण्ड दिइयोस् यदी समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस्,’ उनले भने, ‘यति वर्ष भित्रमा समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु ।’

उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा बताए । उनले संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताए ।

उनले अध्यादेश नानी बाबुहरुले घर पुतली खेले जस्तो विषय नभएको बताए । ‘अहिले केही समयदेखि अध्यादेश राजनीतिक माहोल बनेको छ । म अध्यादेश पक्षधर पनि होइन, विपक्षमा पनि लागेको छैन । यसको सैद्धान्तिक थाहा छ । संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा छैन । तर यो नानी बाबुहरुले घर पुतली खेले जस्तो विषय पनि होइन’ उनले भने । उनले खिचडी राजनीतिलाई बिहष्कार गर्न सुझाव दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका