जोडिनुहोस
  • होमपेज
  • पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग

पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग

काठमाडौं। राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद सुरेशकुमार आले मगरले पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृतिबिना केबलकार स्थापना गर्न थालिएको भन्दै आपत्ति जनाए । ‘विकास गर्ने विषयमा कोही पनि विरोधी छैन तर आइएलओ १६९ अनुसार कुनै पनि क्षेत्रमा विकासका काम अगाडि बढाउँदै गर्दा स्थानीयको स्वीकृति लिनुपर्ने हुन्छ । स्वीकृति नलिइकन, पाथीभरा क्षेत्रका जनतालाई सरकारले जबरजस्ती धरपकट गर्नुहुँदैन ।’

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवादमा सरकारी वार्ता टोली र स्थानीय सङ्घर्ष समितिबिच मङ्गलवार ६ बुँदे सहमति भएको छ ।

यो सहमतिसँगै गत माघ १५ देखि कोशी प्रदेशका ९ जिल्लामा जारी यातायात बन्द स्थगन गरिएको छ । हाललाई केबलकार स्टेसन निर्माण कार्य स्थगन गरी आगामी वार्तामा विस्तृत छलफल गर्न सरकारी पक्ष तयार भएको छ ।

सांसद सोनाम गेल्जेङ शेर्पाले सोलुखुम्बुको उत्तरी क्षेत्रमा रहेको नाम्चे बजारस्थित सीमा प्रशासन शाखा कार्यालय प्रमुख र कर्मचारीविहीन हुँदा जनतालाई सास्ती भइरहेको भन्दै तत्काल कर्मचारीको व्यवस्था गर्नुपर्ने माग गरिन् । नाम्चे बजारस्थित सीमा प्रशासन शाखा कार्यालय प्रमुख र कर्मचारीविहीन छ, कर्मचारीविहीन हुँदा त्यस क्षेत्रका नागरिकले नागरिकले राष्ट्रिय परिचय पत्र पाउन सकिरहेका छैनन्, तत्काल कर्मचारीको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दछु’, उनले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका